रिलायन्स फाइनान्सले १५ प्रतिशत बोनस शेयर दिने

Post Date : November 14, 2016 | 1:53 pm

काठमाडौँ, २९ कात्तिक । रिलायन्स फाइनान्स लिमिटेडले १५ दशमलब ७९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संचालक समितिको बैठकले आर्थिक वर्ष २०७२/७३ को खुद मुनाफा मध्येबाट १५ प्रतिशत बोनस शेयर र शून्य दशमलब ७९ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी साधारण सभाले संचालक समितिको उक्त निर्णय पारित गरेपछि मात्र बोनस शेयर वितरण कार्यान्वयनमा आउनेछ ।

फाइनान्सले आर्थिक वर्ष २०७२/७३ मा २ अर्ब ४४ करोड रुपैया निक्षेप संकलन र २ अर्ब ११ करोड रुपैया कर्जा लगानी गरी ८ करोड ६५ लाख रुपैया खुद मुनाफा गरेको थियो । चुक्ता पूँजी भने ४४ करोड ५७ लाख रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *