रिलायन्स फाइनान्स बनेपाको पुलबजारमा

Post Date : March 27, 2017 | 6:19 pm

बनेपा, १४ चैत । रिलायन्स फाइनान्स लिमिटेडले काभ्रेपलान्चोक जिल्लाको बनेपास्थित पुलबजारमा नयाँ शाखा विस्तार गरेको छ । यो रिलायन्स फाइनान्सको पाँचौं शाखा हो । शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले गर्नु भएको छ । फाइनान्सले चाँडैं ३ वटा शाखा खोल्ने जनाएको छ ।

रिलायन्स फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा २ अर्ब ७८ करोड ४ लाख निक्षेप संकलन गरी २ अर्ब ४० करोड ६९ लाख कर्जा प्रवाह गरी २ करोड २ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यसै अवधिमा फाइनान्सको निस्क्रिय कर्जा ३ दशमलब ०६ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ७१ दशमलब २८ प्रतिशत छ ।

फाइनान्सको चुक्ता पूँजी ४४ करोड ५७ लाख १४ हजार रुपैयाँ छ भने जगेडा कोषमा १५ करोड ७ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *