रिलायबल डेभलपमेन्ट बैंक एघारौं वर्षमा प्रवेश

Post Date : September 24, 2016 | 11:51 am

काठमाडौं, ८ असोज । रिलायबल डेभलपमेन्ट बैंक दश वर्ष पूरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ ।

बैंकले ११ औं वर्ष प्रवेशको अवसरमा ग्राहकवर्गलाई अझ बढी स्तरीय, भरपर्दो तथा वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ७८ करोड ८५ लाख रुपैया रहेको छ । त्यस्तै बैंकको गत आ.व. २०७२/७३ को असार मसान्तसम्म ८ अर्ब १३ करोड रुपैया निक्षेप संकलन, ६ अर्ब ६६ करोड रुपैया कर्जा लगानी गरी २६ करोड ९० लाख रुपैया खुद मुनाफा गर्न सफल भएको छ । बैंकको शाखा संख्या १७ पुगेको छ ।

बैंकले रिलायबल रेमिटमार्फत मुलुकभर रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । त्यस्तै बैंकको आफ्नो सहायक कम्पनी रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थामार्फत विपन्न वर्गमा कर्जा प्रवाह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *