रुकुमकोटमा प्रभु बैंकको शाखा कार्यालय सञ्चालनमा

Post Date : December 2, 2016 | 4:13 pm

काठमाडौँ, १७ मङ्सिर । प्रभु बैंक लिमिटेडले रुकुम जिल्लाको रुकुमकोट गा.वि.स. वडा नं. ६ मा ग्प् ब्ष्म “सक्षम” को सहकार्यमा २०७३ मङ्सिर १७ गतेदेखि बैंकले नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

भू.पू. आपुर्ति मन्त्री तथा माननीय सभासद गणेशमान पुनले एक समारोहका बिच उक्त शाखा कार्यालयको समुद्घाटन गर्नुभएको हो । रुकुममा प्रभु बैंकको शाखा विस्तार भएको हुँदा उक्त क्षेत्रका स्थानीय वासिन्दाहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने भएकाले यसबाट स्थानीयहरु पनि उत्साहित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *