रु अठचालीस करोड भत्ता वितरण

Post Date : September 21, 2016 | 6:15 pm

भद्रपुर, ५ असोज । जिल्ला विकास समितिले आव २०७२/७३ मा ५३ हजार ३६९ जनालाई रु ४८ करोड ५४ लाख ५१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

ज्येष्ठ नागरिक २८ हजार ३०० लाई रु ३१ करोड ७४ लाख ३८ हजार, ज्येष्ठ नागरिक (दलित) एक हजार ७७२ लाई रु एक करोड पाँच लाख छ हजार, विधवा १४ हजार ४५ जनालाई रु आठ करोड ४० लाख, पूर्ण अपाङ्गता भएका ९६४ जनालाई रु एक करोड १४ लाख १२ हजार र आंशिक अपाङ्ग ८० जनालाई रु चार लाख १२ हजार वितरण गरेको छ ।

यसैगरी अतिअशक्त ४२५ जनालाई रु २६ लाख ५६ हजार, लोपोन्मुख आदिवासी÷जनजाति दुई हजार २१४ जनालाई रु पाँच करोड ३८ लाख ८० हजार र पाँचवर्ष मुनिका दलित बालबालिका एक हजार ५१० जनालाई रु ५१ लाख ३७ हजार भत्ता वितरण गरेको कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *