रु साढे एकचालीस करोडको आलु उत्पादन

Post Date : August 3, 2016 | 12:44 pm

जाजरकोट, १९ साउन । केहीवर्ष अघिसम्म करोडाँैं मूल्यको तरकारी आयात गर्नुपर्ने जिल्ला पछिल्लो समय तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा जिल्लामा रु ३४ करोड ६५ लाखको तरकारी उत्पादन भएको छ । जिल्लाको ८२५ हेक्टर क्षेत्रफलमा ११ हजार ५५० मेट्रिक टन तरकारी उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।

उत्पादित आलुमध्ये दुई हजार ८८७ मेट्रिक टन तरकारी जिल्लाबाहिर निर्यात भएको थियो । जिल्लामा ९२ प्रतिशत जनसङ्ख्या कृषि पेसामा संलग्न रहेको तथ्याङ्क छ । जिल्लामा बर्खे तरकारी, मौसमी तरकारी तथा बेमौसमी तरकारीखेती हुने गरेको छ ।

खलङ्गा, कालेगाउँ, पिपे, मैदे, रिसाङ, जगतीपुरको पुल मटेला, काँसतरा, पुन्माको इवर, भेरेखर्क, पाँचकाटिया, तिमिले, किटेनी, झाप्रा तरकारी खेतीका लागि पकेटक्षेत्र मानिन्छन् । सदरमुकाम खलङ्गा, रिम्ना, कालिमाटी, थलह, रुकुमको राडीज्यूला, चौरजहारी, सल्लीबजार लगायतका क्षेत्रमा तरकारी आपूर्ति तथा खपत हुने गरेको छ ।

कृषकले तरकारीबाट वार्षिक रु दुई लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्ने गरेका छन् । परम्परागत खेती गर्दै आएका कृषक छोटो समयमा पर्याप्त आम्दानी हुने भएपछि तरकारी खेतीमा आकर्षित भएका हुन् । जिल्लामा सडक विस्तार तथा बजारीकरण बढ्दै गएपछि तरकारीको खपत पनि बढेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *