रेमिटेन्स कम्पनी अफ द इयरको उपाधि आइएमईलाई

Post Date : November 13, 2016 | 6:19 pm

काठमाडाैँ, २८ कात्तिक । अमेरिकी अन्तराष्ट्रिय परामर्शदाता संस्था फ्रोस्ट एण्ड सुलिभानले आइएमईलाई ‘सर्वोत्कृष्ट रेमिटेन्स कम्पनी २०१६’ बाट सम्मानित गरेको छ ।

विकास अन्वेषण र नेतृत्व सम्मेलन २०१६ को समापनका अवसरमा सोल्टी होटलमा आयोजित कार्यक्रममा सम्मान प्रदान गरिएको थियो । आइएमईका प्रबन्ध निर्देशक हेमराज ढकालले सम्मान ट्रफी ग्रहण गर्नु भएको थियो ।

ब्यवसायिक क्षेत्रको प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गरे बापत फ्रोस्ट एण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा ब्यवसायिक फर्मलाई सम्मानित गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *