रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर रजिष्ट्रेशन कार्य भिवोर क्यापिटललाई हस्तान्तरण

Post Date : June 1, 2018 | 11:22 am

काठमाडौँ, १८ जेठ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु भिवोर क्यापिटल लिमिटेडले गर्ने भएको छ । उक्त कार्यको लागि रैराङ हाइड्रोपार डेभलपमेन्ट कम्पनी र भिवोर क्यापिटल बिच जेठ १७ गते बिहीबार सम्झौता भएको प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका तर्फबाट कार्यकारी संचालक गुरु प्रसाद न्यौपाने र भिवोर क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि बिक्रम थापाले हस्ताक्षर गर्नुभएको छ । ट्रेड टावर थापाथलीको चौथो तल्लामा अवस्थित भिवोर क्यापिटलले असार १ गतेदेखि रैराङ हाइड्रोपावरको सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्य गर्ने रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *