लक्ष्मी बैंकको विशेष साधारण सभा सम्पन्न

Post Date : October 24, 2016 | 12:30 pm

काठमाडौं, ८ कार्तिक । लक्ष्मी बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ । विशेष साधारण सभाले बनेपामा प्रधान कार्यालय रहेको प्रोफेसनल दियालो विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरी सम्झौता पत्रको समेत अनुमोदन गरेको छ ।

उक्त सभाबाट प्राप्ति प्रयोजनका लागि प्रोफेसनल दियालो विकास बैंकको प्रति शेयर मूल्य ५० रहने मूल्याङ्कनसमेत पारित गरेको छ । साथै प्राप्ति पश्चात कायम हुने शेयर पूँजीमा लक्ष्मी बैंकको पन्ध्रौं वार्षिक साधारण सभाबाट पारित भए बमोजिम १ शेयर बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *