लक्ष्मी बैंकको ५१ औं र ५२ औं शाखा बुर्तिबाङ र गल्याङमा

Post Date : September 15, 2016 | 8:46 pm

काठमाडौं, ३० भदौ । लक्ष्मी बैंकले ५१ औं र ५२ औं शाखा क्रमशः बाग्लुङको बुर्तिबाङ र स्याङ्जाको गल्याङमा स्थापना गरेको छ । बैंकले आफ्ना सेवाहरू सरल र सहज रूपमा दिनका लागि यो शाखा स्थापना गरेको हो । आउँदा दिनहरूमा शाखा सञ्जाल बढाउँदै जाने र गुणस्तरीय सेवा दिने बैंकले जनाएको छ ।

बैंकको ५२ शाखा संख्या, २ एक्सटेन्सन काउन्टर र ७३ एटिएममार्फत ग्राहकवर्गलाई सेवा दिँदै आइरहेको छ ।

बैंकले आ.व. २०७२÷७३ को असार मसान्तसम्म ४८ अर्ब १५ करोड ४१ लाख रुपैया निक्षेप संकलन, ४० अर्ब ३५ करोड ९५ लाख रुपैया कर्जा प्रवाह गरी ६७ करोड ३७ लाख रुपैया खुद मुनाफा गरेको छ । त्यस्तै बैंकको चुक्ता पूँजी ३ अर्ब ३ करोड ९२ लाख रुपैया रहेको छ भने निष्क्रिय कर्जा अनुपात ०.८० प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *