लक्ष्मी बैंकलाई १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन अनुमति

Post Date : March 14, 2017 | 8:53 pm

काठमाडौँ, १ चैत । नेपाल धितोपत्र बोर्डले लक्ष्मी बैंकलाई १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ ।

बैंकलाई रु.१००/– अंकित दरका ३ करोड १५ लाख ९० हजार ३ सय ४ कित्ता हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो । हकप्रद शेयर निष्काशनको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

लक्ष्मी बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकमा ५४ अर्ब ५५ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन र ४६ अर्ब ७१ करोड १ लाख रुपैयाँ कर्जा प्रवाह गरी ४० करोड ६३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । सोही अवधिमा बैंकको निस्क्रिय कर्जा १ दशमलब ३१ प्रतिशत रहेको छ । त्यस्तै कर्जा निक्षेप अनुपात ७७ दशमलब ६९ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *