लक्ष्मी बैंकले विश्व वातावरण दिवसमा ७ सय वटा विरुवा रोप्यो

Post Date : June 7, 2017 | 12:37 pm

काठमाडौँ, २४ जेठ । लक्ष्मी बैंकले विश्व वातावरण दिवसको अवसरमा नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहयोग गरेको छ ।

नेपाल आर्मी इन्स्टिच्युटमा बैंकका कर्मचारी, हेल्थ साइन्सका विद्यार्थी र क्याम्पस प्रशासनले विभिन्न प्रजातीका ७ सय वटा विरुवा रोपिएको बैंकले जनाएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष र जिल्ला वन कार्यालय काठमाडौँले वृक्षारोपणका लागि प्राविधिक तथा परामर्श सहयोग गरेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *