लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिता

Post Date : November 4, 2016 | 11:40 am

काठमाडौँ, १९ कात्तिक । लक्ष्मी बैंकले भोलि २० गते शनिबार खुला गल्फ प्रतियोगिता गर्ने भएको छ । एकदिने गल्फ प्रतियोगिता गोकर्ण गल्फ कोर्समा हुनेछ । बैंकले पहिलो पटक सौखिन खेलाडीका लागि यस किसिमको प्रतियोगिता गर्न लागेको जनाएको छ ।

तीन/चार हेण्डक्याप लेभलमा १८ होलमा स्टेबल फरम्याटमा खेल्न लागिएको प्रतियोगितामा महिला, पुरुष, वरिष्ठ एवं कनिष्ठ गल्फ खेलाडीसमेत गरी १ सय जनाको सहभागिता रहने छ ।

होल इन वान गर्ने पहिलो खेलाडीका लागि हुण्डाई इयोन गाडीको विशेष पुरस्कार व्यवस्था गरेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *