लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्दै कामपा

Post Date : November 28, 2016 | 6:19 pm

काठमाडौँ, १३ मङसिर । काठमाडौँ महानगरपालिकाले प्रथम चौमासिकमा लक्ष्यभन्दा करिब रु सात करोड बढी राजस्व सङ्कलन गरेको छ ।

कामपाका राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेका अनुसार चालु आवको प्रथम चौमासिकमा रु ५१ करोड ४५ लाख लक्ष्य लिइएकामा करिब रु ५८ करोड ४९ लाख असुल गरिएको छ । उक्त रकम गत वर्षको सोही समयका तुलनामा बढी हो । अघिल्लो वर्ष प्रथम चौमासिकमा करिब रु ५२ करोड १४ लाख राजस्व सङ्कलन भएको थियो ।

हरेक वर्ष आवको छ महिनापछि मात्र मनोरञ्जन क्षेत्रबाट राजस्व सङ्कलन हुने गरेकाले मनोरञ्जन करको शीर्षकमा भने हालसम्म एक रुपैँया पनि असुल हुन सकेको छैन ।

त्यसैगरी घरबहाल लर घरजग्गा व्यवसाय करमा गत वर्षको तुलनामा प्रथम चौमासिकमा नै रकम सङ्कलनमा वृद्धि भए पनि विज्ञापन करको राजस्व सङ्कलनमा कमी आएको छ । वार्षिक लक्ष्यको ३५ प्रतिशत पहिलो चौमासिकमा, दोस्रोमा ३५ र तेस्रोमा ४० प्रतिशत राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको कामपा अहिलेको प्रगतिलाई हेर्दा लक्ष्यमा पुग्ने देखिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *