लगातार तेस्रो दिन शेयरबजारमा गिरावट, कारोवार रकम पनि कमी

Post Date : July 5, 2016 | 3:53 pm

काठमाडाैं, २१ असार । साताको तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३.८० अंकले घटेर १७१३.०३ बिन्दुमा पुगेको छ । कुल ५६५४ कारोवारबाट १९ लाख ५ हजार ४०१ कित्ता शेयर किनबेच भई १ अर्ब २९ करोड ६८ लाख ८१ हजार ९४० रुपैयाको कारोवार भएको छ । हिजोको तुलनामा अाज ०.२२ प्रतिशतले नेप्से परिसूचक घटेको हो । अाज कारोवार भएको रकममा पनि भारी गिरावट अाएको छ ।

अाज जलविद्युत, उत्पादन र अन्य समूह बाहेक अरु सबै समूहहरुको कारोवारमा गिरावट अाएकाे छ । वाणिज्य बैंकहरुको ०.२२ अंकले घटेर ३७ करोड रुपैयाभन्दा बढीको कारोवार गरेको छ । विकास बैंक समूहको ३.८३ विन्दुले घटेर जम्मा २५ लाख रुपैयाको कारोवार भएको छ । त्यस्तै बीमा कम्पनीहरुको कारोवारमा ७५.५१ अंकले घटेर २८ करोड रुपैयाभन्दा बढीको कारोवार गरेकाे छ । होटल र फाइनान्स समूहको कारोवारमा पनि गिरावट अाएको छ ।

अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनी लिमिटेडको करिब ६ कराेड रुपैयाको कारोवार भएकाे छ । त्यस्तै दोस्रोमा एभरेष्ट बैंक लिमिटेडको करिब ५ कराेड रुपैयाको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *