लगानी बोर्डका कार्यकारी प्रमुखद्वारा पदबहाली

Post Date : June 26, 2016 | 11:18 pm

काठमाडौँ, १२ असार । लगानी बोर्डका नवनियुक्त कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले आजबाट आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।

सरकारले केही दिन पहिलेमात्रै अधिकारीलाई चार वर्षका लागि बोर्डको कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो । कार्यकारी प्रमुख अधिकारी आज बोर्डको कार्यालय नयाँ बानेश्वर पुगेर पदभार ग्रहण गर्नुभएको बोर्डका उपसचिव खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

पदभार ग्रहणपछि अधिकारीले मुलुकमा ठूला परियोजनामा लगानी प्रवद्र्धन र सहजीकरण गर्न बोर्डको भूमिका प्रभावकारी हुने भन्दै त्यसका लागि दृढतापूर्वक अगाडि बढ्ने बताउनुभयो । ठूला परियोजना विकासका लागि आधार तयार भएको उल्लेख गर्दै उहाँले बोर्ड योजनाबद्ध तवरले अगाडि बढ्ने बताउनुभयो ।

नेपाल राष्ट्र बैंकको पूर्वडेपुटी गभर्नर रहनुभएका अधिकारीले बोर्डको गतिविधि आगामी दिनमा अझै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *