लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि ८ जनाको दरखास्त

Post Date : May 9, 2016 | 8:35 am

काठमाडाैं, २७ बैशाख । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि ८ जनाले दरखास्त दिएका छन् । दरखास्त दिने अन्तिम म्याद हिजो आइतबारसम्म थियो ।
दरखास्त दिनेमा प्रकाश अवस्थी, राधेश पन्त, खड्गबहादुर विष्ट, महाप्रसाद अधिकारी, सुरेन्द्र कुमार पौडेल, रमेशनाथ वास्तोला, सरोज कोइराला र विश्वलाल श्रेष्ठ रहेका छन् । दरखास्त दिनेमध्ये पन्त लगानी बोर्डका वर्तमान प्रमुख कार्यकारी अधिकृत हुन् । अधिकारी नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर र विष्ट स्वतन्त्र उर्जा उत्पादक संस्थाका अध्यक्ष हुन् ।

अर्थमन्त्री विष्णु पौडेल संयोजक र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा र पूर्व सचिव केशव भट्टराई रहेको छनोट समितिले ८ जनामध्येबाट ३ जनाको नाम प्रमुख कार्यकारी अधिकृतका लागि सिफारिस गर्नेछ । सिफारिस गरिएका ३ जनामध्येबाट मन्त्रीपरिषदले १ जनालाई नियुक्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *