लगानी बोर्डमा नयाँ सिइओको प्रारम्भिक छनोट

Post Date : May 17, 2016 | 11:24 am

काठमाडौं, ४ जेठ । लगानी बोर्डमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) को प्रारम्भिक चरणमा राधेश पन्त, महाप्रसाद अधिकारी, सरोज कोइराला र रमेशनाथ बास्तोलाको नाम छनोटमा परेको छ । सिइओको लागि ८ जनाको आवेदन परेको थियो ।
उनीहरू ४ जनाको कार्यपत्र प्रस्तुतीका लागि मंगलबार तोकिएको छ ।

सरकारले बोर्डको नयाँ सिइओको नियुक्ती गर्न अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा र पूर्व सचिव केशव भट्टराई सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको थियो ।
समितिले प्रतिस्पर्धाको आधारमा तोकिए बमोजिमको कार्यविधि पूरा गरी नियुक्ती का लागि तीन जनाको नाम सिफारिस गर्नेछ ।

सिफारिस गरिएका तीनजनामध्ये एकजनालाई मन्त्रिपरिषदको निर्णयले सिइओ नियुक्त गर्नेछ । सिइओको पदावधि चारवर्षको हुनेछ ।

प्रारम्भिक चरणको छनोटबाट प्रकाश अवस्थी, खड्ग बहादुर विष्ट, सुरेन्द्रकुमार पौडेल र विश्वलाल श्रेष्ठ बाहिरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *