लघुबित्त संस्थाले पुँजी वृद्धि योजना बुझाए

Post Date : September 22, 2016 | 11:36 am

काठमाडौं, ६ असोज । नेपाल राष्ट्र बैंकलाई राष्ट्रियस्तरका थोक कर्जा कारोबार गर्ने लघुवित्त संस्थाहरुले आफ्नो पूँजी वृद्धिका योजना बुझाएका छन् ।

कुल ४१ वटा लघुवित्त संस्था मध्ये पूँजी वृद्धिका योजना बुझाउन नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका थोक कर्जा कारोबार गर्ने ४ वटा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को मौद्रिक नीति मार्फत राष्ट्रिय स्तरका थोक कर्जा कारोबार गर्ने लघुवित्त संस्थाहरुले २०७५ साल असार मसान्तसम्म ६० करोड रुपैया चुक्ता पूँजी पुरयाउनु पर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले थोक कारोबार गर्ने चार वटा वित्तीय संस्थालाई समानुपातिक पूँजी योजना २०७३ भदौ मसान्तभित्र पेश गर्न निर्देशन दिएको थियो । जसमा आर्थिक वर्ष २०७४।७५ को बोनश शेयरलाई समेत गणना गर्न पाइनेछ ।

रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर, साना किसान विकास बैंक फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र आरएसडिसी लघुवित्त वित्तीय संथाले थोक कर्जा कारोबार गर्दै आएका छन् ।

रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको ६२ करोड ९२ लाख रुपैया चुक्ता पूँजी रहेकोले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुगिसकेको छ ।

नेपाल राष्ट्र बैंकले २०७५ साल असार मसान्तभित्र तोकिएको चुक्ता पूँजी ६० करोड रुपैया नपुरयाउने त्यस्ता वित्तीय संस्थाको नगद लाभांश, बोनश शेयर, थप वित्तीय कर्जा प्रवाह र शाखा विस्तारमा रोक लगाउन सक्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *