लघुवित्तको चुक्ता पूँजी २ गुणा बढाउनु पर्ने

Post Date : June 1, 2016 | 12:03 pm

काठमाडौं, १९ जेठ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको पूँजी वृद्धिका लागि अनिवार्य गरेसँगै लघुवित्त संस्थाको पनि पूँजी वृद्धिको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म वाणिज्य बैंकको चुक्ता पूँजी ८ अर्ब, विकास बैंकको २ अर्ब ५० करोड र वित्त कम्पनीको ८० करोड रुपैया पुरयाउन निर्देशन दिएको थियो ।

त्यसै गरी लघुवित्त संस्थाको चुक्ता पूँजी ४ गुणसम्म बढाउने तयारी भएकोमा अहिले २ गुणासम्म मात्र चुक्ता पूँजी वृद्धि हुने योजना रहेको बुझिएको छ ।

अहिले १ देखि ३ जिल्लामा सेवा भएको लघुवित्तको १ करोड, १० जिल्लामा सेवा भएको लघुवित्तको २ करोड र राष्ट्रिय स्तरको लघुवित्तको १० करोड रुपैया चुक्ता पूँजी तोकिएको छ । अहिले ४२ वटा लघुवित्त संस्था संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *