लघुवित्त संस्थाहरूको चुक्ता पूँजी बढाउने तयारी

Post Date : July 8, 2016 | 9:02 am

काठमाडौं, २४ असार । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरूको चुक्ता पूँजी बढाउने तयारी गरिरहेको छ । अहिले राष्ट्रिय स्तरका लघुवित्त संस्थाको चुक्ता पूँजी १० करोड रुपैया, क्षेत्रीय स्तरका लघुवित्तको २ करोड रुपैया र एकदेखि तीन जिल्ला कार्य क्षेत्र भएका लघुवित्तको १ करोड रुपैया छ । नेपाल राष्ट्र बैंकले अर्को हप्तासम्म मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । अब ल्याउने मौद्रिक नीतिमा राष्ट्रिय स्तरको लघुवित्त संस्थाको चुक्ता पूँजी ४ गुणा र क्षेत्रीय स्तरको लघुवित्तको दुई गुणासम्म बढाउने तयारी गरिरहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *