लघुवित्त संस्थाहरूले अत्यधिक ब्याजमा कर्जा प्रवाह गर्दै अाएका छन्

Post Date : July 11, 2016 | 12:31 pm

काठमाडौं, २७ असार । लघुवित्त संस्थाहरूले चालु आ.व.को चैत मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट ४८ अर्ब २० करोड ८५ लाख रुपैया कर्जा (सापट) लिएका छन् । यस्तो कर्जा लघुवित्त संस्थाले वाणिज्य बैंकबाट ४ देखि ६ प्रतिशत, विकास बैंकबाट ४ देखि ७ र फाइनान्स कम्पनीबाट पनि ६ देखि ८ प्रतिशतसम्मको ब्याजदरमा लिने गरेका छन् । यस्तो लघुवित्तहरूले नेपाल राष्ट्र बैंकबाट पनि ८४ करोड ९५ लाख ११ हजार रुपैया सापट लिएका छन् । लघुवित्त संस्थाले भने आफूले दिने कर्जामा १८ देखि २४ प्रतिशतसम्म ब्याज लिँदै आएका छन् ।

चालु आ.व.को चैत मसान्तसम्म लघुवित्त संस्थाले ७० अर्ब ५७ करोड ७ लाख रुपैया कर्जा दिएका छन् । लघुवित्त संस्थाले यसरी विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर बिना धितो कर्जा प्रवाह गर्दै आएका छन् ।

लघुवित्त संस्थाले दुर्गम क्षेत्रमा शाखा खोलेमा ३० लाख रुपैयासम्म बिना ब्याज प्राप्त गर्दछन् । सोही सुविधा प्रयोग गरेको रकम पनि नेपाल राष्ट्र बैंकबाट लिएको सापटीको रुपमा पनि देखिएको हुन्छ । लघुवित्तहरूमा सबैभन्दा बढी कर्जा सापटी साना किसान बैंकले ८ अर्ब ७३ करोड ९० लाख ४९ हजार रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *