लघुवित्त सम्मेलन

Post Date : May 13, 2016 | 9:06 am

काठमाडौं, ३१ बैशाख । राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आगामी जेठ २ र ३ गते हुने भएको छ । लघुवित्त सम्मेलनमा ६०० भन्दा बढी लघुवित्तका सदस्य र १०० पदाधिकारी तथा नीति निर्माताको सहभागिता रहने आयोजनक समितिले जानकारी दिएको छ ।

नेपालमा हाल ४१ लघुवित्त विकास बैंक, २५ गैर सरकारी संस्था र १०० भन्दा बढी सहकारी संस्थाले लघुवित्त सेवा दिइरहेका छन् । लघुवित्त संस्थामार्फत १८ लाख परिवारमा ३ खर्ब रुपैया ऋण प्रवाह भएको छ । लघुवित्तमा ऋण असुली दर १९ प्रतिशत रहेको छ ।
यो सम्मेलनको आयोजना नेपालमा क्रियाशील लघुवित्त सेवामा संलग्न अगुवा संस्थाको आयोजना र स्वावलम्बन विकास केन्द्रको संयोजनमा हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *