लमजुङ विद्युत विकास कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने

Post Date : October 1, 2016 | 3:52 pm

काठमाडौं, १५ असोज । लमजुङ विद्युत विकास कम्पनी लिमिटेडको संचालक समितिको निर्णय अनुसार प्रति कित्ता रु. १००/– दरको ७ लाख ६८ हजार ५ सय ३८ कित्ता शेयर (करिब १०० बराबर ३२ कित्ताको अनुपात) हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद शेयरको निष्काशन मिति २०७३ असोज २८ गतेदेखि २०७३ मंसिर २ गतेसम्म रहेकोले उक्त मितिभित्र एनएमबी बैंक, थापाथली, काठमाडौं, प्यासिफिक डेभलपमेन्ट बैंक, बेसीशहर र हिमालयन बैंकमा दरखास्त फाराम बुझाउन सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *