लिखु ए जलविद्युत आयोजनामा बैंकहरूले लगानी गर्ने

Post Date : September 9, 2016 | 8:59 am

काठमाडौं, २४ भदौ । लक्ष्मी बैंकको अगुवाईमा ५ वटा बैंकले २४.२ मेगावाटको लिखु ए जलविद्युत आयोजनाको लागि ३ अर्ब ३३ करोड रुपैया ऋण लगानी गर्ने भएका छन् ।

सो आयोजनाका लागि लक्ष्मी बैंकले ९६ करोड ७० लाख रुपैया, सिद्धार्थ बैंकले ८७ करोड रुपैया, सेन्चुरी कमर्सियल बैंकले ७२ करोड ४० लाख रुपैया, सिटिजन्स बैंक इन्टरनेशनलले ४८ करोड ३० लाख रुपैया र बैंक अफ काठमाण्डू लुम्बिनीले २९ करोड रुपैया लगानी गर्नेछन् ।

४ अर्ब ४४ करोड रुपैया अनुमानित लागत रहेको आयोजनामा बाँकी स्वपूँजी १ अर्ब ११ करोड रुपैया प्रवद्र्धक कम्पनी नुम्बुर हिमालय हाइड्रोले जुटाउने जनाएको छ । कम्पनीमा एमभी दुगड ग्रुपको लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *