लिखु–२ जलविद्युत आयोजनामा ६ बैंकको लगानी

Post Date : December 30, 2016 | 5:15 pm

काठमाडौँ, १५ पुस । माछापुच्छ्रे बैंकको अगुवाईमा ६ बैंक तथा वित्तीय संस्थाले लिखु–२ जलविद्युत आयोजनाका लागि ४ अर्ब ५१ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । सो आयोजना माछापुच्छ्रे बैंकसहित मेगा बैंक, नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक र भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले लगानी गर्ने सम्झौता भएको छ ।

लिखु–२ जल विद्युत आयोजनाको प्रवर्द्धक ग्लोबल हाइड्रोपावर एसोसियटका अध्यक्ष मोतिलाल दुगड र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत नीरज श्रेष्ठले ऋण लगानी गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ ।

३३ दशमलब ४ मेगावाट जडित क्षमताको लिखु–२ जलविद्युत आयोजना रामेछापको गुम्देर र सोलुखुम्बुको भकञ्जे गाविसमा पर्छ । आयोजनाको कुल लागत ६ अर्ब २ करोड रुपैयाँमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रवर्द्धक कम्पनीको स्वलगानी रहने जनाइएको छ ।

आयोजनाबाट वार्षिक १८ करोड २५ लाख ९० हजार युनिट विद्युत उत्पादन हुनेछ ।

आगामी ४ वर्षभित्रै विद्युत उत्पादन गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *