लुम्बिनी बिकास बैंकको हरिनगरामा शाखा कार्यालय विस्तार

Post Date : July 14, 2017 | 4:40 pm

सुनसरी, ३० असार । लुम्बिनी बिकास बैंक लिमिटेडले “ग्रामिण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता” अन्तर्गत बहुसंख्यक जनता (ग्राहक) लाई बैंकिङ्ग सेवा पुऱ्याउने घोषित नीति अनुरुप मिति २०७४ असार ३० गते सुनसरी जिल्लाको हरिनगरा गाउँपालिका, वडा नं. ४ हरिनगरामा आफ्नो ५१औँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक रामु पौडेलले गर्नुभयो । उक्त कार्यक्रमको सभापतित्व विकास बैक संचालक समितिका अध्यक्ष सुशिल पराजुलीले गर्नुभयो भने स्वागत मन्तब्य नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले गर्नुभयो । स–साना निक्षेप परिचालन तथा कृषि एवं साना व्यवसायमा कर्जा लगानी गरी तराई मधेश भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्देश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

यस विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै ABBS, Mobile Banking लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ । बैंकको केन्द्रीय कार्यालय काठमाडौँमा रहेको छ भने विभिन्न भागमा रहेका यस शाखा सहित कुल ५१ वटा शाखा सञ्जालहरु र १२ वटा ATM बाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *