लुम्बिनी विकास बैंकको टोखा शाखामा रक्तदान कार्यक्रम

Post Date : August 20, 2017 | 6:08 pm

काठमाडौँ, ४ भदौ । लुम्बिनी बिकास बैंक लिमिटेडले मिति २०७४ भदौ ३ गते शनिबार लायन्स क्लब इन्टरनेसनल तथा स्थानिय सामाजिक संस्थाहरुसँगको सहकार्यमा टोखा नगरपालिका, वडा नं ६ स्थित विकास बैंकको टोखा शाखा कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरी कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैैकका कर्मचारी, क्लबका सदस्यहरु, सामाजिक संस्थाका प्रतिनिधिहरु एवं स्थानीय व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त कार्यक्रममा ७० जना दाताहरुले रक्तदान गर्नु भएको थियो । यस कार्यलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लिएको र आगामी दिनहरुमा समेत यस्ता प्रकारका सामाजिक कार्य गर्दै जाने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *