वनमा आधारित उद्योग फस्टाउँदै

Post Date : May 30, 2016 | 6:12 pm

डोटी, १७ जेठ । जिल्लामा वनमा आधारित उद्योगबाट स्थानीय बासिन्दा मनग्य आम्दानी गर्न सक्षम भएका छन् ।

रानागाउँ र छत्तिवन गाविसमा रहेको दुनाटपरी उद्योग र घण्टेश्वरमा रहेको सिस्नु प्रशोधन उद्योगले राम्रो बजार पाएको छ । वनमा आधारित कार्यक्रमअन्तर्गत सञ्चालित उद्योगलाई अझै परिष्कृत गर्दै लगिए धेरैलाई रोजगारी सिर्जना गर्न सकिने लक्ष्मीनगर गाविसका स्थानीयवासी दुर्गा ओझा बताउनुहुन्छ ।

नवदुर्गा दुना टपरी उद्योगका सञ्चालक नन्दलाल विक नयाँ प्रविधिको विकास र खेर गइरहेको स्थानीय स्रोतसाधनको परिचालनबाट आर्थिक लाभ लिन सक्ने भएकाले सो उद्योग अत्यन्तै राम्रो भएको तर मागअनुसार पूर्ति गर्न नसकिएको बताउनुहुन्छ । केही समय यता जिल्लामा वनमा आधारित उद्योगले मनग्य आम्दानी गर्दै आएका छन् । खेर गइरहेको सिस्नुलाई सङ्कलन गरी धुलो बनाएर बेच्न सकेमा यहाँका कृषकको आम्दानीमा वृद्धि हुने देखिन्छ ।

वन कार्यक्रम जिल्लाका १६ गाविसमा सञ्चालित छ । जिल्लाका सरस्वतिनगर, घण्टेश्वर र डौड गाविसमा सिस्नु प्रशोधन उद्योग तथा बर्छैन, रानागाउँ र छत्तिवन गाविसमा दुनाटपरी उद्योग सञ्चालित छन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *