वनस्पति तेलको विदेशमा अत्यधिक माग

Post Date : August 30, 2016 | 5:03 pm

काठमाडौँ, १४ भदौ । नेपालमा उत्पादित विभिन्न किसिमका जडीबुटीबाट उत्पादन भएको तेलको विदेशमा अत्यधिक माग हुने गरेको छ ।

नेपालमा उत्पादित मेन्था, लेवन ग्रास, सिट्रोनेला, धसिङ्गरे, पामारोजा, टिमुर, क्यामोमाइललगायत वनस्पतिजन्य तेलको विदेशमा अत्यधिक माग छ । वनस्पति विभाग प्राकृतिक सम्पदा अनुसन्धानका प्रमुख ज्योति जोशी (भट्ट)ले आव २०७२/७३ मा ९५० सेवाग्राहीले उत्पादन गरेको तेल विदेश निर्यात गर्न नापजाँच गरेको जानकारी दिनुभयो ।

“नापजाँच गरेको तेल व्यापार र अनुसन्धानका लागि बिक्री हुने गरेको छ,” उहाँले भन्नुभयो । नेपालमा उत्पादित जडीबुटीजन्य तेल फ्रान्स, क्यानडा, अमेरिका, जर्मनी, अष्ट्रेलिया, भारतलगायत देशमा निर्यात हुँदै आएको छ । वन ऐनअन्तर्गत बहुमूल्य जडीबुटीलाई साइटिस सूचीमा राखेको छ ।

साइटीस सूचीमा रहेका जीडबुटी खरी, पैयुँ, भोटेचाँप, सुनाखरी, लौठसल्ला, गुन्सीलगायत हुन् । साइटीस सूचीमा रहेका यी वनस्पतिको बिक्री वितरणमा रोक लगाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *