वाणिज्य बैंकको कारोवारले शेयरबजार उकालो तर्फ

Post Date : July 17, 2016 | 4:35 pm

काठमाडाैं, २ साउन । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २७.५९ अंकले बढेर १७४५.७४ बिन्दुमा पुगेको छ । कुल ७०८५ कारोवारबाट २२ लाख ७२ हजार ४५ कित्ता शेयर किनबेच भई १ अर्ब ३६ करोड २८ लाख २८ हजार ४६९ रुपैयाको कारोवार भएको छ ।

अाज होटल, विकास बैंक, जलविद्युत र बीमा समूहको कारोवार अोरालो लागेको छ भने वाणिज्य बैंक, फाइनान्स, उत्पादन र अन्य समूहको कारोवार उकालो लागेकाे छ ।

वाणिज्य बैंकहरुको उच्च कारोवारले गर्दा अाज शेयरबजार उकालो लागेको छ । वाणिज्य बैंकहरुको ४९.९७ अंकले बढेर ६७ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको ५.९२ अंकले बढेर साढे ३ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै उत्पादन समूहको ४०.४४ अंकले बढेर ६५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने अन्य समूहको २४.८६ अंकले बढेर १३ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

होटल समूहको ९.१४ अंकले घटेर ३५ लाखको हाराहारीमा कारोवार भएको छ भने विकास बैंक समूहको ३१.९८ अंकले घटेर २० करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै जलविद्युत समूहको २५.४ विन्दुले घटेर ४ करोड ८५ लाख रुपैया भन्दा बढीको कारोवार भएको छ भने बीमा समूहको ४८.१८ अंकले घटेर करिब १८ करोड रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको १२ कराेड रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै दोस्रोमा फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको ६ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । गएको साताको अन्तिम दिन पनि यी दुई कम्पनीहरु नै शीर्ष स्थानमा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *