वाणिज्य बैंकहरूको कारोवार ह्वात्तै बढ्न गई नेप्से परिसूचक १८१९.८३ बिन्दुमा

Post Date : September 4, 2016 | 4:03 pm

काठमाडाैं, १९ भदाै । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १४.६५ अंकले बढेर १८१९.८३ बिन्दुमा पुगेको छ । कुल ९०८२ कारोवारबाट २१ लाख १५ हजार १७४ कित्ता शेयर किनबेच भई १ अर्ब ६४ करोड ९५ लाख ७ हजार ६२१ रुपैयाको कारोवार भएको छ ।

अाज साताको पहिलो दिन वाणिज्य बैंकहरूको कारोवार ह्वात्तै बढ्न गई नेप्से परिसूचक उकालो लागेको छ । जलविद्युत, फाइनान्स, उत्पादन र अन्य समूहको शेयर मूल्य घट्न गएको छ भने बाँकी अरू सबै समूहको मूल्य बढेकाे छ ।

वाणिज्य बैंकहरुको २४.६१ अंकले बढेर १ अर्ब १४ करोड ७८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको ८.०६ अंकले बढेर २२ करोड ८३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । होटल समूहको २९.४४ अंकले बढेर९ करोड ९१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने इन्स्योरेन्स समूहको ०.२ अंकले बढेर १४ करोड ८७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

जलविद्युत समूहको २.६९ अंकले घटेर २ करोड ७४ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने फाइनान्स समूहको १.५५ अंकले घटेर ३ करोड ६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै उत्पादन समूहको ४४.६२ अंकले घटेर २८ लाख ९२ हजार ५८० रुपैयाको कारोवार भएको छ भने अन्य समूहको २.८९ अंकले घटेर १ करोड १७ लाख ५१ हजार रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी नेपाल बंगलादेश बैंक लिमिटेडको ३२ करोड २६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको १४ कराेड ४७ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *