विजुली थप भएकाले विद्युतभार कटौति कमगर्न सम्भव

Post Date : December 13, 2016 | 3:10 pm

काठमाडौँ, २८ मङ्सिर । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले विभिन्न २३ वटा परियोजनाबाट करिब ३०७ मेगावाट विजुली थप उत्पादन भएकाले हाल विद्युत्भार कटौति (लोडसेडिङ) कम गर्न सम्भव भएको जनाएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष रामेश्वर पौडेलले काठमाडौँ उपत्यकाको अहिलेको माग पनि त्यति नै रहेकाले विद्युतभार (लोडसेडिङ) मा कमी गर्न सम्भव भएको जानकारी दिनुभयो ।

उहाँले ओली सरकारका पालामा विद्युतभार कटौति गर्ने कार्यलाई प्राथमिकतामा राखिएको र विद्युत उत्पादक कम्पनीलाई प्रोत्साहन गरिएकाले नयाँ आयोजना निर्माण भएको तथा भूकम्पले क्षति भएका आयोजना पुनः सञ्चालन भएको हुँदा नै हाल विद्युतभार कटौतिमा कमी गर्न सहज भएको विचार व्यक्त गर्नुभयो ।

प्राधिकरण सञ्चालक समितिका सदस्य सुरज लामिछानेले विद्युतको माग बढेपछि विद्युतभार पुनः कटौति हुनसक्ने खतरा रहेकाले समयमै त्यसको विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो ।

गत वर्ष भारतबाट २२७ मेगावाट विजुली आयात गरिएकोमा यसवर्ष ५६ मेगावाट आयातमा वृद्धि भएको पनि युनियनले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *