वित्तीय चुनौती सम्बोधन गर्न साझा प्रयास

Post Date : July 12, 2016 | 11:44 am

काठमाडौँ, २७ असार । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोध सम्झौतासम्बन्धी तीनदिने गोष्ठी आजदेखि यहाँ सुरु भएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले आज उद्घाटन समारोहमा उहाँले विश्वव्यापीकरणको युगमा वित्तीय कारोवारले ल्याएका अवसर र चुनौतीको सम्बोधन गर्न सरकार र निजी क्षेत्रको साझा प्रयास आवश्यक छ भन्नुभयो ।

सार्क मुलुकका राम्रा अभ्यासका साथै समस्याको आदानप्रदानले कर छली तथा वित्तीय अपराध नियन्त्रण गर्न मद्दत गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा सार्क सचिवालयका निर्देशक एल सावित्रीले सार्क मुलुकबीचको कूटनीतिक तथा आर्थिक सम्बन्ध समेतलाई थप मजबुद बनाउन गोष्ठीले सहयोग गर्ने उल्लेख गर्दै क्षेत्रीय लगानीसम्बन्धी सम्झौताको टड्कारो आवश्यकता महसुस गरिएको बताउनुभयो ।

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक राममणि दुवाडी तथा आन्तरिक राजस्व विभागका निर्देशक चेतनाथ दाहालले नेपालको कर प्रणालीका विविध पक्षबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

पाकिस्तानबाहेक सार्कका सात देश र सार्क सचिवालयका प्रतिनिधि सम्मिलित उक्त गोष्ठी बुधबारसम्म सञ्चालन हुनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *