वित्तीय संस्थाको सूचना आदान–प्रदान गर्ने सम्झौता

Post Date : April 21, 2016 | 7:34 pm

नेपाल राष्ट्र बैंक र निक्षेप तथा कर्जा सुरक्षण निगमबीच बैंक तथा वित्तीय संस्थाको सूचना आदान–प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका शिवनाथ पाण्डे र निगमका महाप्रबन्धक डा. दण्डपाणी पौडेलले हस्ताक्षर गर्नु भएको छ ।

यो सम्झौतापछि निगम र राष्ट्र बैंकबाट वित्तीय संस्थाको वित्तीय अवस्था, संस्थागत सुशासन, नियम पालनाको अवस्था, नियामक निकायबाट भएका कारवाही/निर्देशन लगायतका विभिन्न सूचना पाउनेछ । केही विशेष परिस्थितिमा बैंक तथा वित्तीय संस्था अनुगमन तथा निरीक्षणमा निगमको संलग्नता हुन सक्ने व्यवस्था पनि सम्झौता पत्रमा उल्लेख छ । यस्तै वित्तीय संस्था खारेजीका लागि लिक्विडेटर नियुक्त र खारेजी प्रक्रिया सुरु गर्दा राष्ट्र बैंकले निगमलाई जानकारी दिनु पर्नेछ । निगमले २०६७ सालदेखि निक्षेप सुरक्षण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *