विदेशी सिमकार्ड अब नेपालमै किन्न पाइने

Post Date : September 20, 2016 | 2:19 pm

काठमाडौं, ४ असोज । अब विदेशमा काम गर्न जाने नेपाली कामदारले आफ्नो गन्तव्य मुलुकको एयरपोर्टबाटै घरमा आफ्नो मोबाईलबाट फोन गर्न सक्नेछन् । श्रम स्वीकृति र भिसा हुनेले नेपालबाटै आफू जाने मुलुकको सिमकार्ड किन्न सक्ने भएपछि कामदारले यो सुविधा पाउने भएका छन् । हाल त्रिभुवन बिमानस्थलबाट यस्तो कार्ड बेच्न स्वीकृति पाएकोमा अब नेपालमा ७ कम्पनीले विदेशबाट सिमकार्ड ल्याएर बेच्न नेपाल दूरसंचार प्राधिकरणले अनुमति दिएको छ ।

यसरी अनुमति पाउनेहरुमा हाईल्याण्ड इन्टरनेशनल, सिएम टे«डिङ इन्टरप्राइजेज, ओरेन्ज इन्टरनेशनल, टेली कनेक्ट, सिद्धि बिनायक इन्टरप्राइजेज, सीजी नेटक्लाउड र हाइलाइट्स नेपाल प्रा.लि. छन् ।

यी सातै कम्पनीले विदेशी सिमकार्ड ल्याएर नेपालमा बिक्री गर्न पाउनेछन् । तर उनीहरुले नेपालमा ‘एक्टिभ’ हुने र रोमिङ सुविधा भएका सिमकार्ड बेच्न पाउने छैनन् ।

सिमकार्ड बिक्रिी गर्दा प्रयोगकर्ताले सम्पूर्ण विवरण सरकार र प्रहरीलाई समेत दिनु पर्ने व्यवस्था गरिएको छ ।

नेपालमा किनेको उक्त सिमकार्ड सम्बन्धित मुलुक पुगेपछि ‘एक्टिभ’ हुनेछ । नेपाली बिक्रेताले सिमकार्ड खरिदकर्ताको विवरण अनलाईन मार्फत सिमकार्ड कम्पनीमा पठाइदिने भएकोले उनीहरुले गन्तव्य देशको विमानस्थलबाटै घरपरिवारलाई फोन गर्न सक्दछन् ।
सिमकार्ड बिक्रेताले नेपाली एकहजार रुपैंया भन्दा बढी ब्यालेन्स भएको सिमकार्ड बेच्न पाउँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *