विदेश पढ्न जानेको संख्या बढ्दो

Post Date : May 17, 2016 | 11:57 am

काठमाडाैं, ४ जेठ । नेपालको बिग्रँदै गएको आर्थिक स्थिति, रोजगारीको अभाव, नाकाबन्दी, बन्द हडताल, आदिले गर्दा विदेश पढ्न जानेको संख्या बढ्दै गएको देखिन्छ ।

आर्थिक वर्ष २०७१/७२ मा २८ हजार सातसय त्रिसट्ठी जना विद्यार्थीले नो अब्जेक्सन लेटर लिएको शिक्षा मन्त्रालयको तथ्याङ्क छ । विशेष गरी नेपालबाट जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा, भारत, बेलायत, फ्रान्स, नर्वे, जर्मन, डेनमार्क, बंगलादेश र मलेसिया पढ्न जाने गरेको देखिन्छ । यसमा सबैभन्दा बढी ९ हजार २ सय ९२ जना जापानमा, ८ हजार ५ सय २५ जना अष्ट्रेलिया र २ हजार ३ सय ६६ जना विद्यार्थीले अमेरिका अध्ययनका लागि शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएको देखिन्छ । यी देशबाहेक आयरल्यान्ड, अष्ट्रिया, फिजी, साइप्रस, अर्मेनिया, यूएई र मेक्सिकोमा समेतमा आ.व. २०७१/७२ मा ३ हजार ५ सय ९९ जना विद्यार्थीले अध्ययनका लागि नो अब्जेक्सन लेटर लिएको देखिन्छ । एकजना विद्यार्थीले औसतमा १० लाख रुपैयाका दरले वार्षिक लगभग ३० अर्ब रुपैया बराबरको विदेशी मुद्रा विद्यार्थीमार्फत अध्ययनका लागि विदेशिएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *