विद्यार्थीहरुले चलाएको बैंकिङ तालिममा पूर्व गभर्नरले दिए प्रशिक्षण

Post Date : January 12, 2017 | 6:01 pm

काठमाडौँ, २८ पुस । पब्लिक युथ क्याम्पस अनेरास्ववियू युथ क्याम्पस कमिटी र बि.बि.एस. चौथो वर्षका विद्यार्थीहरुको आयोजनामा हिउँदे बिदाको अवसर पारी विद्यार्थीहरुलाई अतिरिक्त्त ज्ञान दिने उद्देश्यले पुस १७ देखि सञ्चालन हँुदै आएको आज देस्रो दिनमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् पूर्व गभर्नर युवराज खतिवडाले विद्यार्थीहरुलाई फाइनान्सियलको अवस्था लगायत लिडरसीप र लिडरसीपको विकास गर्ने बारेमा प्रशिक्षण दिनुभयो ।

पब्लिक युथ क्याम्पसमा बि.बि.एस. अन्तर्गत बैंकिङ तथा फाइनान्सियल बिषयमा हुने कोरा ज्ञानभन्दा बैंकिङ क्षेत्रका प्रवुद्ध व्याक्ति वा लामो समयसम्म बैंकिङ क्षेत्रमा काम गरी अनुभव सँगाली सक्नु भएका प्रशिक्षार्थीहरुबाट प्रशिक्षण हुने अवसर विद्यार्थीलाई जुटाएको छ । उक्त तालिममा बैंक लगायत वित्तीय संस्थाहरु सम्बन्धी जानकारी दिनुका साथै बैंकहरुको सेवा प्रदान गर्ने तरिका साथै स्टक मार्केट तथा पूँजी बजारको अवस्थाका बारेमा प्रशिक्षण भएको थियो । सो कार्यक्रम पुस २९ गतेसम्म रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *