विद्युतीय भुक्तानीमा जोड

Post Date : March 16, 2018 | 5:32 pm

काठमाडौँ, २ चैत । पारदर्शिता, कर अभिवृद्धि र सुशासनका लागि विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट)लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने खाँचो औँल्याइएको छ ।

पछिल्लो समय विश्वको बैंकिङ बजारमा आएको प्रविधिलाई नेपाली बैंकहरुले पनि अनुशरण गर्दा विद्युतीय भुक्तानीलाई जोड दिनुपर्ने आज यहाँ आयोजित सम्मेलनमा जानकारी गराइयो ।

नेशनल बैंकिङ इन्स्टिच्युटद्वारा विद्युतीय भुक्तानी सम्मेलनका वक्ताहरुले सो कुरामा जोड दिँदै निजी क्षेत्रका बैंकहरुले आफूलाई समय अनुकूल अद्यावधिक गर्दै विद्युतीय करोवारमा अगाडि बढिरहेको बताउनुभयो ।

विश्व बैंकिङ बजारमा आएका पछिल्ला विद्युतीय प्रविधिका बारेमा जानकारी एवं प्रशिक्षण दिने ध्येयले आयोजित सो सम्मेलनमा सरकारी तथा निजी क्षेत्रका बैंकका उच्चस्तरका व्यवस्थापकहरुको सहभागिता रहेको छ ।

साथै सम्मेलनमा विद्युतीय भुक्तानी प्रविधिका विज्ञ राहुल जोशी, राजेश लोहारी, दीपक शर्माले प्रशिक्षण दिनुहुनेछ । सम्मेलनको उद्घाटनसत्रमा आयोजक संस्थाका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले बैंकले पारदर्शिता, कर अभिवृद्धि र सुशासनका लागि विद्युतीय भुक्तानीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ भन्नुभयो । उहाँले विद्युतीय भुक्तानीमैत्री बनाउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको चर्चा गर्नुभयो ।

आयोजक संस्थाका कार्यकारी व्यवस्थापक सञ्जिव सुब्बाले विद्युतीय भुक्तानीले बैंकको क्षमता वृद्धि हुने बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *