विद्युत उत्पादन कम्पनी दर्ता

Post Date : November 21, 2016 | 2:16 pm

काठमाडौँ, ६ मङ्सिर । नेपाल सरकार, मन्त्रीपरिषदको निर्णय अनुसार ऊर्जा मन्त्रालयले कम्पनी रजिष्ट्रारको कार्यालयमा विद्युत उत्पादन कम्पनी दर्ता गरेको छ ।

बुढीगण्डकी, नलसिंगाड, उत्तरगंगा, नौमुरे, सुनकोशी जस्ता ठूला जलाशययुक्त आयोजना निर्माण गर्ने उद्देश्यले विद्युत उत्पादन कम्पनी खोलिएको हो ।

कम्पनीको हाल चुक्ता पूँजी २ अर्ब रुपैया र अधिकृत पूँजी २० अर्ब रुपैया रहेको छ ।

कम्पनीमा ऊर्जा मन्त्रालयको २० प्रतिशत, अर्थ मन्त्रालयको ५ प्रतिशत, कानुन मन्त्रालयको ५ प्रतिशत, कर्मचारी सञ्चयकोषको १० प्रतिशत, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको ४ प्रतिशत, नेपाल टेलिकमको १० प्रतिशत, नागरिक लगानी कोषको ५ प्रतिशत, र राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत गरी जम्मा ७१ प्रतिशत संस्थापक शेयर रहनेछ ।

त्यसै गरि बाँकि २९ प्रतिशत मध्ये सर्वसाधारण नागरिकलाई १७ प्रतिशत आयोजना प्रभावित जिल्लाका बासिन्दालाई १० प्रतिशत र अति विपन्न परिवारलाई २ प्रतिशत शेयर छुट्याइएको छ ।

सरकारले अध्यक्ष र संस्थापक शेयर रहेका मन्त्रालय तथा सरकारी कम्पनीले तोकेको सदस्य रहनेछन् । उर्जा मन्त्रालयका सचिव अध्यक्ष रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *