विद्यूतीय हस्ताक्षर सम्बन्धी सम्झौता सम्पन्न

Post Date : June 17, 2016 | 12:08 pm

काठमाडाैं, ३ असार । विद्यूतीय प्रणाली मार्फत् गरिने सूचना आदान प्रदान सम्बन्धमा उत्पन्न हुने जोखिमलाई न्युनीकरण गर्ने तथा सूचना प्रवाहलाई अझ  विश्वसनीय बनाउनका लागि प्रभु बैंक लिमिटेड र सो सम्बन्धी कार्यका लागि नेपालको आधिकारिक निकाय Nepal Certifying Company Pvt Ltd. का विच सम्झौता सम्पन्न भएको  छ ।

एक समारोहका विच सम्पन्न उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचन र Nepal Certifying Company Pvt Ltd. का तर्फ बाट अध्यक्ष श्री विप्लवमान सिंहले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो भने उक्त समारोहमा बैंक तथा Nepal Certifying Company Pvt. Ltd. का अन्य पदादिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

सूचना आदान प्रदानमा हुने जोखिम न्यूनिकरण सम्बन्धी सम्झौता पश्चात् आगामी दिनमा बैंकको आन्तरिक तथा बाह्य ग्राहकहरुसँगको विद्यूतीय कारोबार अझ सुरक्षित एवं सवलहुने बैंकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *