विपन्न वर्गले बैंकहरूबाट २ प्रतिशतमा कर्जा पाउने

Post Date : August 30, 2016 | 4:43 pm

काठमाडौं, १४ भदौ । नेपाल राष्ट्र बैंकले चालु आ.व. २०७३/७४ को असार मसान्तसम्म वाणिज्य बैंकहरूले कुल कर्जा तथा सापटीको २ प्रतिशत विपन्न वर्गमा प्रत्यक्ष लगानी गर्नु पर्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले यही असोज मसान्तसम्म कुल कर्जाको १.२५ प्रतिशत, पुस मसान्तसम्म १.५० प्रतिशत र चैत मसान्तसम्म १.७५ प्रतिशतसम्म विपन्न वर्गमा लगानी गर्नु पर्ने बैंकहरूलाई परिपत्र गरेको छ ।

नेपाल राष्ट्र बैंकले आ.व. २०७३/७४ को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकले कुल कर्जा सापटको ५ प्रतिशत, विकास बैंकले ४.५ प्रतिशत र वित्त कम्पनीले ४ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नु पर्ने व्यवस्था गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *