विप्रेषण आयको वृद्धि दर ३३ प्रतिशतले घट्यो

Post Date : July 16, 2016 | 11:24 am

काठमाडौं, १ साउन । नेपाली अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको विप्रेषण आयको वृद्धि दर ३३ प्रतिशतले घटेको छ । गत आ.व. २०७२/७३ को जेठ महिना सम्ममा विप्रेषण आय १२ प्रतिशत ले बढेकोमा यस वर्षको जेठ महिना सम्ममा ८ प्रतिशतले मात्रै बढेको छ ।

विदेशमा रोजगारीका लागि जाने नेपालीको संख्या २०.६ प्रतिशतले घटेपछि विप्रेषण आयको वृद्धिदर कम भएको हो । गत वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४.२ प्रतिशतले बढेको थियो । यही २०७३ जेठ मसान्तसम्म विप्रेषण आय वृद्धि ८.६ प्रतिशते बढे। ५ खर्ब ९८ अर्ब ९५ करोड रुपैया पुगेको छ । अघिल्लो आ.व. को यसै अवधिमा विप्रेषण १२.४ प्रतिशतले वृद्धि भएको थियो ।

आर्थिक वर्ष २०७०/७१ को जेठ मसान्तसम्म ४ खर्ब ९० अर्ब ९५ करोड रुपैया बराबरको विप्रेषण नेपाल भित्रिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *