विविध कार्यक्रमका साथ सिभिल बैंकको छैठौं वार्षिकोत्सव मनाइँदै

Post Date : November 25, 2016 | 3:49 pm

काठमाडौँ, १० मङ्सिर । सिभिल बैंक लिमिटेडले आफ्नो छैठौं वार्षिकोत्सव विविध कार्यक्रमहरुको आयोजना गरीे मनाएको छ । २०७३ मङ्सिर १० गते वार्षिकोत्सवको दिन पारेर बैंकले वित्तीय साक्षरताको लागि प्रभातफेरीे आयोजना गरेको छ । साथै बैंकको कमलादीस्थित प्रधान कार्यालयमा वार्षिकोत्सव समारोह र रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । बैंकको वार्षिकोत्सवका दिनदेखि १ हप्तासम्म देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरताका विभिन्न चेतनामूलक कार्यक्रमहरुको आयोजना गर्नुको साथै सो सप्ताह भित्रै देशका २५ स्थानहरुबाट गरिब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति पनि प्रदान गरिने कुरा बैंकले जनाएको छ ।

civil-bank-6th-agm-prabhatferi

civil-bank-6th-agm-blood-donation

इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी लिमिटेडसँग मर्ज गरी एकीकृत कारोवार शुरु गरिसकेको यस बैंकले युनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । जसपछि बैंकको चुक्ता पूँजी रु ५ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ । यस बैंकले समाजप्रति आफ्नो जिम्मेवारी वहन गर्दै आफ्नो सेवाको परिधि र व्यवसाय वृद्धि गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर मर्हजनले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *