वीर अस्पतालमा एमआरआइ सुरु

Post Date : March 25, 2016 | 9:08 am
वीर अस्पतालमा एमआरआइ सुरु

मुलुकको १ सय २७ वर्ष लामो इतिहास बोकेको वीर अस्पतालले एमआरआइ सेवा सुरु गरेको छ ।

वीर अस्पतालले चर्चा चलेको वर्षाैंपछि ८ करोड ६१ लाख रुपैयाँको लगानीमा शुक्रबार एमआरआइ सेवा सुरु गरेको हो । एमआरआइ सेवा सुरु गर्ने वीर पहिलो सरकारी अस्पताल हो । पेट, छाती, टाउको, हाड तथा नसासँग सम्बन्धित रोगको उपचारमा एमआरअाइ सेवाले ठूलो सहयोग पुग्छ । एमआरआइबाट रोग पत्ता लगाइ उपचारमा सहयोग पुग्ने चिकित्सकहरुको भनाइ छ । स्वास्थ्यमन्त्री रामजनम चौधरीले शुक्रबार अस्पतालमा एक समारोहबीच एमआरआइ सेवाको शुभारम्भ गर्नुभयो । वीर अस्पतालले एमआरआइ मेसिन नराख्दा अस्पतालमा आउने विरामीहरु एमआरआइका लागि निजी अस्पताल र क्लिनिकमा धाउन वाध्य थिए । निजी अस्पताल र क्लिनिकहरुले एमआरआइको शुल्क १२ हजार रुपैयाँभन्दा बढी लिंदै आएका छन् । वीर अस्पतालले भने आफूकहाँ आउने विरामीहरुले निजी अस्पतालको भन्दा आधा कम मूल्यमा एमआरआइको सेवा पाउने बताएको छ । वीरले जडान गरेको एमआरआइ मेसिन फिलिप्स कम्पनीको हो । वीर अस्पतालका चिकित्सक डा. भुपेन्द्र थापाले अस्पतालले जडान गरेको एमआरआइ मेसिन निजी अस्पतालले जडान गरेका मेसिनभन्दा उच्च गुणस्तरको भएको भन्दै विरामीहरुले अब गुणस्तरीय सेवा सस्तो मूल्यमा पाउने बताउनुभयो ।

वीर अस्पतालले एमआरआइ सेवाको शुभारम्भसँगै अब आफूकहाँ सबैखाले रोगको उपचार सम्भव भएको बताएको छ । स्वास्थ्यमन्त्री रामजनम चौधरीले वीरलाई सबैको भरोसाको अस्पताल बनाउन सरकारले सबै किसिमको सहयोग गर्ने बताउनुभयो । उहाँले अस्पतालमा आएका विरामीलाई एमआरआइका लागि निजी अस्पतालमा पठाएको पाइए सम्बन्धित कर्मचारीलाई कारवाही गर्ने पनि बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *