वेल्सलाई २–० ले हराउँदै पोर्चुगल युरो २०१६ को फाइनलमा प्रवेश

Post Date : July 7, 2016 | 2:42 am

लियोन, फ्रान्स, २३ असार । युरो २०१६ अन्तर्गत आज पोर्चुगल र वेल्स बीच भएको पहिलो सेमिफाइनल खेलमा पोर्चुगलले २–० ले जित हासिल गरी फाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफको ८औं मिनेटमा वेल्सका जर्सी नं. ७ का जोए एलेनले पहेंलो कार्ड पाएको थियो ।

wales1

दुवै देशका तर्फबाट पहिलो हाफमा कुनै पनि गोल हुन नसकी खेल सकिएको थियो । यसैबीच वेल्सले केही आक्रामक खेल खेलेको थियो र पाएका केही राम्रा अवसरहरूलाई गोलमा परिण गर्न सकेन ।

portugal1

दोस्रो हाफको ५०औं मिनेटमा पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले हेड मार्फत वेल्सविरुद्ध गोल गर्न सफल भए । पोर्चुगलका राफेल ग्वेरेइरोले दिएको क्रस बललाई रोनाल्डोले हेड मार्फत गोल गरेका थिए ।

portugal2

पोर्चुगलका नानीले ५३औं मिनेटमा थप गोल गरी पोर्चुगलको अग्रतालाई दोब्बर बनाए । क्रिस्टियानो रोनाल्डो दिएको पासलाई नानीले गोल गर्न सफल भएको थियो । यसरी २-० काे अग्रताले पाेर्चुगल युराे २०१६ को फाइनलमा प्रवेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *