वेल्स पनि क्वाटरफाइनलमा प्रवेश

Post Date : June 25, 2016 | 11:36 pm

पेरिस, ११ असार । युरो कप २०१६ अन्तर्गत प्रिक्वाटरफाइनलको दोस्रो खेल वेल्स र उत्तरी आयरल्याण्डबीच भएको खेलको नवौं मिनेटमा उत्तरी आयरल्याण्डका खेलाडीले हानेको निकै राम्रो बललाई वेल्सका गोलकीपरले बचाएको थियो ।

खेलको पहिलो हाफमा कुनै पनि गोल हुन सकेन । दुवै टिमले निकै आक्रामक प्रस्तुतीहरू गरे पनि परिणाम भने दिन सकेन ।

खेलको ५७औं मिनेटमा वेल्सका बेलले हानेको सशक्त फ्रि किकलाई उत्तरी आयरल्याण्डका गोलकिपरले बचाएको थियो ।

दोस्रो हाफको ७५औं मिनेटमा वेल्सका बेलले दिएको पासलाई उत्तरी आयरल्याण्डका माकअउलीले बचाउन खोज्दा आफ्नै पोष्टमा गोल गर्न पुगे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *