वेल्स ३–१ को अन्तरले बेल्जियमलाई हराउँदै युरो २०१६ को सेमिफाइनलमा प्रवेश

Post Date : July 2, 2016 | 2:44 am

फ्रान्स, १८ असार । युरो २०१६ अन्तर्गत बेल्जियम र वेल्सबीच भएको दोस्रो क्वाटरफाइनल खेल वेल्सले १ का विरुद्ध ३ गोल गरी सेमीफाइनलमा प्रवेश गरेको छ । वेल्सले सेमीफाइनल पोर्चुगलसँग खेल्नेछ ।

belgium1

खेलको १३औं मिनेटमा बेल्जियमका हजार्डले पास गरेको बललाई जर्सी नं. ४ का नइनगोलानले २५ मिटर टाढाबाट गोलपोष्टको बायाँ च्यापेर हानेको बल वेल्सका गोलकिपरको हातमा छोएर गोल हुन पुग्यो ।

wales1

खेलको २६औं मिनेटमा वेल्सका जर्सी नं. ३ का नेइल टेलरले प्रहार गरेको बल बेल्जियमका गोलकिपरले बचाउन सफल भए । गोल हान्ने सुनौलो अवसर वेल्सका रामसेले बेल्जियमको गोलपोष्टको दाहिने कर्नरबाट टेलरलाई पास गर्दा प्राप्त भएको थियो । तर गोल हुन सकेन ।

wales2

एक गोलले पछाडि परेको वेल्सले खेलको ३१औं मिनेटमा रामसेले प्रहार गरेको कर्नर बललाई वेल्सका कप्तान विलियम्सले हेड मार्फत बेल्जियम विरुद्ध गोल गर्न सफल बने ।

बेल्जियम विरुद्ध वेल्सको पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगियो ।

wles3

दोस्रो हाफको ५५औं मिनेटमा वेल्सका रोब्सन कानुले बेल्जियमको डि एरियाभित्र पाएको बल गोल गर्न सफल भए । बेल्जियमका तीनजना डिफेन्डरद्वारा घेरिएका बाबजुद वेल्सका रामसेले दिएको पासलाई रोब्सनले बललाई गोलमा परिणत गर्न सफल बनेको थियो ।

wales4

खेलको ८६औं मिनेटमा वेल्सका गन्टरले दिएको पासलाई जर्सी नं. १८ का भोक्सले हेड मार्फत गोल गरे । यससँगै २–१ ले अग्रता लिएको वेल्सले ३–१ को अग्रता बनाउन सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *