वेष्टर्न डेभलपमेन्ट बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रभु क्यापिटलले गर्ने

Post Date : July 28, 2016 | 11:43 am

काठमाडौं, १३ साउन । वेष्टर्न डेभलपमेन्ट बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले १५ लाख ६९ हजार ६ सय कित्ता शेयरको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

शेयर निष्काशन सम्बन्धी सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत खिमबहादुर डि.सी. र प्रभु क्यापिटल लिमिटेडका महा–प्रबन्धक शंकरप्रसाद कालिकोटेले हस्ताक्षर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *