वेष्टर्न डेभलपमेन्ट बैंकको बिक्री नभएको हकप्रद शेयर लिलाम बढाबढ

Post Date : March 10, 2017 | 12:11 pm

काठमाडौँ, २७ फागुन । वेष्टर्न डेभलपमेन्ट बैंकले हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा बिक्री नभएको संस्थापक समूहतर्फको १ लाख ६३ हजार ५ सय १ कित्ता र सर्वसाधारणतर्फ ६२ हजार १ सय ३४ कित्ता शेयर बिक्रीको लागि २०७३ चैत १३ गतेदेखि २०७३ चैत २१ गतेसम्म शिलबन्दी बोलपत्रको आह्वान गरेको छ ।

शेयरको न्यूनतम प्रति शेयर मूल्य रु. १००/– तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब २९ करोड ९३ लाख निक्षेप संकलन र १ अर्ब ७३ करोड १ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ करोड ६४ लाख ५ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । यसै अवधिमा निस्क्रिय कर्जा अनुपात शून्य दशमलब ७१ प्रतिशत र कर्जा निक्षेप अनुपात ६८ दशमलब २३ प्रतिशत रहेको छ ।

बैंकको २०७३ फागुन २६ गते प्रति शेयर मूल्य २७२ रुपैयाँमा कारोबार भएको थियो ।

बैंकको हाल चुक्ता पूँजी १५ करोड ६९ लाख ६० हजार रुपैयाँ छ भने जगेडा कोषमा ९ करोड ११ लाख ५६ हजार ४ सय रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *